ओएएस (OAS) प्रणाली र इम्बोस नम्बर प्लेटको सम्बन्ध के ?

नेपालमा सवारी साधन व्यवस्थापनलाई अझ आधुनिक, पारदर्शी र डिजिटल बनाउन सरकारले ओएस (OAS) प्रणाली सुरु गरेको छ।

OAS : Operating Automated System वा Online Automated System

यो प्रणाली इम्बोस नम्बर प्लेट (Embossed Number Plate) सँग प्रत्यक्ष जोडिएको छ।


OAS प्रणाली भनेको के हो?

  • OAS भनेको सवारी साधन सम्बन्धी सम्पूर्ण विवरणलाई कम्प्युटर प्रणालीमार्फत सुरक्षित गर्ने र तत्काल पहुँच हुने प्रणाली हो।
  • यस प्रणालीमा गाडीको दर्ता नम्बर, स्वामित्व विवरण, कर तिरेको जानकारी, बीमा जानकारी , आदि सबै डिजिटल रूपमा सुरक्षित हुन्छ।
  • सवारी साधनमा जडान गरिने RFID चिप (जसलाई इम्बोस नम्बर प्लेटमा राखिएको हुन्छ) OAS प्रणालीसँग जोडिएको हुन्छ।

इम्बोस नम्बर प्लेट र OAS प्रणालीको सम्बन्ध के ?

Embos number and OAS System

इम्बोस नम्बर आवश्यकता कि बाध्यता ? सरकारको यस्तो अनौठो चलखेल

  1. RFID चिप जडान
    • प्रत्येक इम्बोस नम्बर प्लेटमा RFID चिप जोडिएको हुन्छ।जब गाडी सडकमा चल्छ, ट्राफिक चेकपोस्ट वा तोकिएको RFID reader gate बाट सो चिपले Signal पठाउँछ।
    • यो Signal OAS प्रणालीमा जोडिन्छ र तुरुन्तै गाडीको सम्पूर्ण विवरण देखिन्छ।
  2. कागजात जाँच सजिलो:
    • ट्राफिक प्रहरीले रोक्नेबित्तिकै पहिले कागज माग्थे।अब भने प्लेटमा भएको RFID मार्फतै OAS सिस्टममा विवरण देखिने भएकाले नक्कली कागज देखाउने सम्भावना घट्छ
  3. कर तथा राजस्व संकलनमा सुधार:
    • OAS प्रणालीले कर नतिरेका वा बक्यौता भएका गाडी तुरुन्तै देखाइदिन्छ।यसले राज्यलाई राजस्व संकलनमा मद्दत पुर्‍याउँछ।
  4. सुरक्षा र चोरी नियन्त्रण:
    • चोरी भएको वा अपराधमा प्रयोग भएको गाडी तत्कालै ट्र्याक गर्न सकिन्छ।
    • OAS प्रणालीमा “stolen” भनेर मार्क गरिएको गाडी RFID reader बाट निस्कँदा तुरुन्तै Alert आउँछ।
  5. राष्ट्रिय डेटा सेन्टरमा जोडिएको :
    • सबै गाडीको विवरण केन्द्रीय OAS प्रणालीमा जम्मा हुन्छ।
    • यसले भविष्यमा स्मार्ट सिटी, डिजिटल ट्राफिक म्यानेजमेन्ट, र इ–गभर्नेन्सलाई मजबुत बनाउँछ।

फाइदाहरू:

Profit of Embos system
  • गाडी खोजतलास र अपराध नियन्त्रणमा सजिलो हुने
  • ट्राफिक व्यवस्थापन स्मार्ट र छिटो हुने
  • केन्द्रीय डाटा ओएस(OAS) प्रणालीसँग सूचनाबद्ध गराउँछ।
  • नागरिकलाई नक्कली कागज बोकेर झन्झट नगरी सेवा सजिलो गराउँछ।
  • इम्बोस् नम्बर प्लेटमा भएको चिप्सका कारण सवारी साधन कहाँ छ र कस्तो अवस्थामा छ भन्ने कुरा सजिलै पत्ता लगाउन सकिन्छ। आदि

चुनौतीहरू:

  • गोपनीयता (privacy): RFID चिपमार्फत गाडीधनीलाई निरन्तर ट्र्याक गर्न सकिने भएकाले व्यक्तिगत स्वतन्त्रतामा असर पर्ने ,
  • लागत: सामान्य नागरिकका लागि शुल्क महँगो ,
  • भाषा पहिचान: नम्बर प्लेटमा केवल अंग्रेजी अक्षर प्रयोग भएको कारण “राष्ट्रिय पहिचान खोसियो” भन्ने आलोचना,
  • पूर्वाधार: RFID reader गेटहरू सबै ठाउँमा अझै तयार नभएकोले सुरुवाती चरणमा प्रणाली अधुरो हुने सम्भावना,

 इम्बोस् नम्बर प्लेट राख्दा तिर्नुपर्ने शुल्क :

सरकारले असोज १ गतेबाट सबै सवारी साधनमा इम्बोस् नम्बर प्लेट अनिवार्य राख्नुपर्ने ,नभए कारबाही गरिन्छ भन्दै निर्देशनै दियो तर यता सवारी धनीले भने इम्बोस् नम्बर प्लेट राख्दा चर्को शुल्क तिर्नुपर्ने बताइरहेका छन्,।

Embos number plate price

सरकारले भने सवारी साधन अनुसार इम्बोस नम्बर छुट्टा-छुट्टै शुल्क निर्धारण गरेको छ। सरकारले तोकेको शुल्क अनुसार.

  1. दुई पांग्रेको हकमा २ हजार ५०० रुपैयाँ
  2. तीन पांग्रेको हातमा २ हजार ९०० रुपैयाँ
  3. ३-चार पांग्रेको हकमा ३ हजार २०० रुपैयाँ
  4. चार पाङ्ग्रेभन्दा माथिको हकमा ३ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *