शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी, सरकारप्रति आक्रोश

शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी

मधेश प्रदेशका शहीद परिवारको सरकारप्रति असन्तुष्टि

जनकपुर । मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमार्फत आन्दोलनको चेतावनी

बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शहीदको बलिदानको दुरुपयोग भएको आरोप

शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।

बजेट कटौती र काम नहुँदा आक्रोश

उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड बजेट मात्र राखेको गुनासो गरे । त्यसमा पनि अहिलेसम्म कुनै काम काज अगाडि नबढाइएको उनले बताए ।

रोजगारीको नाममा अपमान गरिएको गुनासो

शहीद परिवारका सदस्यहरुलाई रोजगारी दिने नाममा केहि सदस्यहरुलाई मात्र विभिन्न मन्त्रालय र कार्यालयहरुमा पिउनको नोकरी करारमा दिएर बेइज्जत गरेको उनले आरोप लगाए । दशैंलगायतका चाडपर्वका बेला सम्पूर्ण कर्मचारीहरुले तलब पाए पनि शहीद परिवारका सदस्यहरुलाई तलब नदिएको उनले जानकारी दिए । उनले मधेश प्रदेशकाका सम्पूर्ण नेता र मन्त्रीहरुलाई लाज लाग्नु पर्ने बताए ।

शहीद परिवारको जीवनस्तर अत्यन्तै नाजुक

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार बनेको बेलादेखि अहिलेसम्म आफूहरुले दुख मात्र भोग्नु परेको सुनाए । उनले अधिकांश सहिद परिवारका सदस्यहरुको स्थिती नाजुक रहेको र खान, लगाउन, औषधी उपचार खर्चदेखि लिएर बालबच्चाको पढाई लेखाई पनि गर्न नसक्ने स्थिती शहीद परिवाका सदस्यहरुको रहेको जानकारी दिए ।

देशव्यापी शहीद परिवारलाई एकताबद्ध गर्दै आन्दोलनको तयारी

सदस्य पटेलले नेपालभरका जनयुद्ध, जेनजी र मधेश आन्दोलनलगायतका विभिन्न समयमा शहीद भएका सम्पूर्ण शहीद परिवारका सदस्यहरुलाई एक ठाउँमा ल्याई अन्तिम पटक आफ्नो जायज हक अधिकार प्राप्तिका लागि शसक्त आन्दोलन गर्ने जानकारी दिए । उनले शहीद परिवारका सदस्यहरुले खान लगाउन देखि संसद भवनसम्ममा आरक्षण पाउनु पर्ने माग राखेका छन् ।

Related Posts

ध्यानाकर्षण भएको सम्बन्धमा

जनजीब्रो टिभी फेसबुक पेजमा सम्प्रेषण भएको समाचारप्रति सम्बन्धित…

Continue reading
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

सिमरा विमानस्थलमा भव्य स्वागत सिमरा । उज्यालो नेपाल…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *