सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ
मन्त्रिपरिषद्को बैठकपछि निर्णय
काठमाडौं । सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।
गृह सचिवमा राजकुमार श्रेष्ठ नियुक्त
पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोगका सचिव किरणराज शर्माको सरुवा
त्यसैगरी, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सरुवा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ।
युवा तथा खेलकुद मन्त्रालयमा सरुवा
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।











































