जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकता
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडकी नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छिन्।
पाँचौं वार्षिकोत्सव समारोहमा अध्यक्षको मन्तव्य
बुधबार काठमाडौंमा आयोजित कम्पनीको पाँचौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल रिपब्लिक मिडियामा गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने कुरामा आफू पूर्ण रूपमा सचेत रहेको बताईन्।
सार्वजनिक उत्तरदायित्व र संस्थाप्रतिको प्रतिबद्धता
उनले भनिन,‘नेपाल रिपब्लिक मिडिया केवल एउटा संस्था मात्र होइन, यो जनता र समाजप्रतिको उत्तरदायित्व बोकेको सार्वजनिक संस्था हो। यहाँ गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने कुरामा म पूर्ण रूपमा सचेत छु। जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई हामै सधैं मेरो नेतृत्वको केन्द्रमा राख्ने छु।’
पारदर्शी व्यवस्थापन र दिगो विकास
त्यस्तै पारदर्शी व्यवस्थापन, सुशासन, नैतिक नेतृत्व र संस्थाको दिगो विकास। सार्वजनिक स्वामित्वको मर्मलाई सधैं सुरक्षित राख्दै संस्थाको विश्वसनीयता अझ मजबुत बनाइने उनको प्रतिबद्धता छ।
पेशागत स्वतन्त्रता र पत्रकारिताको सुरक्षा
‘पारदर्शी व्यवस्थापन, सुशासन, नैतिक नेतृत्व र संस्थाको दिगो विकास। सार्वजनिक स्वामित्वको मर्मलाई सधैं सुरक्षित राख्दै संस्थाको विश्वसनीयता अझ मजबुत बनाइने छ।’ उनले भने।
पेशागत स्वतन्त्रता, सम्मान, सुरक्षा र क्षमतावृद्धिको संरक्षण सत्यमा आधारित पत्रकारिता नै हाम्रो आत्मा हो, र त्यसको रक्षा मेरो आफ्नो प्राथमिकता हुने उनको भनाई छ।











































