पश्चिमी वायुको आंशिक प्रभाव देशभर
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
तराईमा हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली
जसकारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशकाका उच्च र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसोको मौसम अवस्था
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
कोशी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल
कोशी, कर्णाली प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको मौसम पूर्वानुमान
यस्तै, आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
सतर्कता अपनाउन मौसमविद्को अनुरोध
हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।











































