आजको मौसम पूर्वानुमान : पश्चिमी वायू सक्रिय, तराईमा कुहिरोको सम्भावना

पश्चिमी वायूको आंशिक प्रभाव देशभर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसका कारण बिहीबार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ ।

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि तराईमा कुहिरोको सम्भावना

महाशाखाका अनुसार आज राती तराई क्षेत्रका केही स्थानमा कुहिरो÷कुहिरो लाग्ने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जनजीवन र यातायातमा असर पर्न सक्ने चेतावनी

हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *