सञ्चारमन्त्री खरेलको निर्देशन : गोरखापत्र नेतृत्वले देश र जनताको हितमा काम गरोस्

सञ्चारमन्त्रीद्वारा गोरखापत्र नेतृत्वलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन्।

नवनियुक्त अध्यक्षलाई नियुक्तिपत्र

मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न आग्रह गरे।

नेपाली पत्रकारितामा ऐतिहासिक जिम्मेवारी

सञ्चारमन्त्री खरेलले नेपाली पत्रकारिताको ऐतिहासिक संस्थाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे।

सुशासन, भ्रष्ट्राचार नियन्त्रण र निर्वाचन सहयोग

गोरखापत्र संस्थानले जनआन्दोलन र सरकारको मर्म र भावना अनुसार सुशासन कायम गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न र निर्वाचन सफल पार्ने गरी जनताको पक्षमा काम गर्न आग्रह गर्दै उनले सरकारको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष भण्डारीको प्रतिबद्धता

नवनियुक्त अध्यक्ष भण्डारीले सरकारको प्रस्ताव स्वीकार गरी गर्भिलो इतिहास बोकेको संस्थानको अध्यक्ष बनेको भन्दै आफ्नो योग्यता र क्षमताले भ्याए सम्म संस्थानको सुधार गर्दै जनताको पक्षमा काम गर्ने बताए।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *