स्टार्टअपमा महिलाको सहभागिता बढाउन चुनौती – उमेश कुमार गुप्ता

स्टार्टअपमा महिलाको सहभागिता बढाउन अझै चुनौती : उमेश कुमार गुप्ता

अन्तरक्रियामा निर्देशक गुप्ताको अभिव्यक्ति

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअप क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रहे पनि अझै चुनौती कायम रहेको बताएका छन्।

“स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्टार्टअप नीति २०८१ स्वीकृत भएसँगै औद्योगिक व्यवसाय ऐनमार्फत कानुनी व्यवस्था भएको र विनियोजन ऐन २०८१ अनुसार कर्जा कार्यविधि कार्यान्वयनमा आएको जानकारी दिए।

स्टार्टअप कर्जा र महिला सहभागिता

उनका अनुसार २०८०÷८१ मा १ हजार ६५८ जनाले स्टार्टअप कर्जाका लागि आवेदन दिएकोमा १६५ जनाले कर्जा प्राप्त गरेका थिए, जसमा ४८.६९ प्रतिशत महिला उद्यमी थिए।
२०८१÷८२ मा आवेदन संख्या तीन गुणा बढ्दै ६ सय जनाले कर्जा पाए, तर महिलाको सहभागिता घटेर ३८.४३ प्रतिशतमा सीमित भयो।
२०८२÷८३ मा स्टार्टअप कर्जा पाउने महिलाको हिस्सा ३१.८ प्रतिशत रहेको छ।

उद्यमशीलता प्रवर्द्धन र सहुलियतपूर्ण कर्जा

निर्देशक गुप्ताले सहुलियतपूर्ण स्टार्टअप कर्जाले महिलालाई व्यवसाय सुरु गर्न र विस्तार गर्न सहज बनाएको उल्लेख गर्दै विदेशमा काम गरेर फर्किएका व्यक्तिहरू समेत उद्यमशीलतामा आकर्षित भएको बताए।

प्रदेशस्तरीय विस्तार र दलित समुदायको प्रवद्र्धन

यस्ता कार्यक्रम सातै प्रदेशमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले दलित समुदायको परम्परागत पेशा प्रवद्र्धनका लागि पनि सरकारले विशेष योजना बनाइरहेको जानकारी दिए।

तालिम र बजेट व्यवस्था

सरकारले उद्यमशीलता विकाससम्बन्धी तालिम प्रत्येक पालिकामा सञ्चालन गर्ने र यसका लागि वार्षिक १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।
“राज्यले संकलन गरेको स्रोतबाटै जनताले स्टार्टअप सुरु गर्न कर्जा पाउनु सकारात्मक कुरा हो, यसले रोजगारी सिर्जनामा समेत योगदान पु¥याइरहेको छ,” उनले भने।

आगामी योजना र लक्ष्य

उनका अनुसार आगामी माघदेखि स्टार्टअप कार्यक्रमको प्रगति अध्ययन गर्न सरकारले छुट्टै टोली गठन गर्नेछ।
साथै, सन् २०३० सम्म १० हजार स्टार्टअप प्रवद्र्धन गरी १ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको गुप्ताले जानकारी दिए।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *