चलचित्रले गर्दा रित्तिए प्रकाश सपूत || जोगाउन सकेनन दु:खले किनेको घर || Prakash Saput

नेपाली गीत संगीत क्षेत्रमा नाम र दाम राम्रै कमाउदै एक छत्र राज गरिरहेका गायक प्रकाश सपूत उर्फ प्रकाश विश्वकर्मा आफुले बनाएको फिल्म वसन्तको कुन गल्तीका कारणले गर्दा ऋणमा डुबि काठमाडौको आफ्नो घर नै बेच्नु पर्ने बाध्यतामा पुगे?

के यो हल्ला मात्रै हो कि साच्चै हो?

प्रकाश सपुत

प्रकाश सपुत नेपाली गीत संगीत क्षेत्रको एक चिरपरिचित नाम हो। उनले आफ्नो संगीत क्षेत्र को सुरुवाती दिनहरूमा विभिन्न उताब चढाव र जित हार बेहोरे पनि झन्डै सात वर्ष अगाडि गाएको – मुसुमुसु नहाँस भन्ने दोहोरी ब्याटल पछि भने उनको चर्चा निकै चुलिन थाल्यो। त्यसपछि लगातार उनले नेपाली गीत संगीत क्षेत्रमा एकक्षत्र राज नै गर्न थाले भन्दा हुन्छ ।

Parkash saput photo

उनको यस सफलता लाई मध्यनजर गरेर केही मिडिया र शुभचिन्तक हरु ले त प्रकाश सपूत गीत संगीतका पारसमणि नै हुनभन्न भ्याएका थिए । उनले जे छुन्छन् त्यो सुन हुन्छ,अर्थात् जुन गित ल्याउछन हिट हुन्छ भनेका थिए, र एक जमानामा भएको पनि त्यस्तै थियो।

तर त्यो सिघ्र लोकप्रियता निकै खतरनाक हुन्छ र यसले कुनै पनि दिन मानिस लाई शिखर बाट भुइमा खसाउछ भन्ने कुरा चाहिँ सपुतले लगभग लगभग त्यस समयमा बिर्सी सकेका रहेछन ।


अति सर्बत्र बज्रयत “अर्थात अति भए पछि खती हुन्छ भन्ने भनाइ जस्तै सपुत पनि माथि उचाइमा पुगेर महत्वकांक्षी सपना देख्न थालिसकेका थिए। आफ्ना सिर्जनाहरुलाई योजनाबद्ध ढंगले जानीजानी विवादित अर्थात् कन्ट्रोभर्सियल बनाउँदै व्यापार गर्दै आएका चतुर उनी , प्रायजसो आफ्ना सिर्जनाहरुमा जातभातका बिषय हरू उठाएर ,बल्जाएर समाजमा आफूले भोगेको पीडा भन्दै एक आपसमा मिलेको नेपाली समाज लाई धमिल्यान लागि परेको देखिन्छ । यसो गरिरहँदा उनले कत्ति हेक्का गर्दैनन् कि नेपाली समाज – बहुभाषिक, बहुधार्मिक र बहुल जातिको समिश्रणबाट बनेको छ भन्ने।

साथै आफ्नो अधिकार खोज्दा उनी प्राय अरुको अधिकारमा धावा बोलिरहेका हुन्छ्न । यस्तो उनको व्यवहार सम्पुर्ण नेपाली समाजको लागि चामलको ढुङ्गा बराबर हुँदाहुँदै पनि एकएक भाग्यले पारसमणिकको संज्ञा पाएका सपुत, अन्तत नेपाली समाजको सेन्टिमेन्ट नबुझी कसैको प्रशंसा गर्दा र मैले जे गरेपनि /जसो गरेपनि, मेरा दर्शकहरूले मन पराइहाल्छन्/ हेरिहाल्छन् भन्ने घमण्ड पलाए सँगै – अब गीत संगीत छोडी फिल्म बनाउँछु र अरु धेरै नाम र दाम कमाउँछु भनि आफूलाई अनुभव नै नभएको क्षेत्रमा हात हाल्न पुगे।

parkah saput in stage

यहि कारणले नै उनले आफ्नो सांगीतिक जीवनभर निकै पापड पेलेर जेनतेन काठमाडौँमा बनाएको घर बेच्ने स्थितिमा पुगेका छन् भन्ने समाचारहरु बाहिरिएका छन्। साँचो के हो उनकै मुखबाट सुन्न त पाइएको छैन । तर हावा नचली पात हल्लिएको चाहिँ पक्कै होइन कि झैँ लाग्छ। यदि हो भने यो दुर्दशा उनकै कारणले हुन पुगेको हो। हामीले कठै भन्नु र ठिक्क भएछ भन्नुले खासै अन्तर राख्दैन।

तर एउटा सत्य कुरा चाहिँ के हो भने ,

जो मान्छे जति छिटो उचाइमा पुग्छ त्यो मान्छे त्यति नै छिटो भूइमा खस्छ पनि । यो प्रकृतिको नियम चाहिँ सत्य नै हो। जुन सपुतको जीवन पनि लागू भयो

कसरी लोकप्रिय गायक सपुत एकाध महिनामायस्तो ओरालो यात्रा गर्न पुगे ?

प्रकाश सपुत गीत संगीतको शिखरमा उक्लिरहदा अघिल्लो वर्ष उनमा एक्कासी रङ्गीन ठूलो पर्दामा देखिने भूत सवार भयो। जसका कारण उनले परदेशी दुई नामक चलचित्रमा आफ्नो अनुहार देखाए। गीत संगीतमा वावाई पाएका उनलाई उक्त फिल्म का दर्शकले केही हदसम्म रुचाइ दिए पनि। तिनै दर्शकको मायालाई उनले आफ्नो सफलताको घमण्ड ठानेर फेरि अर्को फिल्म पूर्णबहादुरको सारङ्गीमा पनि देखापरे।

तर पूर्णबहादुरको सारङ्गी ,

नेपाली फिल्म इतिहासको सर्वाधिक सफल फिल्म भएर पनि यस फिल्म बाट कलाकार विजय बराल बाहेक अन्य पात्रहरूले खासै चर्चा र दर्शकको माया पाउन सकेनन्। आफू सँगै अभिनय गरेका कलाकार विजय बराल चर्चाको शिखरमा पुग्दा गीत संगीतले पहिले नै उचाइमा पुर्‍याएर चिनिएका प्रकाश सपुत भने खासै चर्चामा आएनन्

purna bahadur ko sarangi

यही आफू चर्चामा पुग्न नसकेको इगो लाई आधार बनाएर उनले अब अर्काको फिल्ममा छास्स छुस्स अनुहार देखाउने भन्दा- आफू नै मुख्य कलाकार ,आफ्नै स्टोरी र आफ्नै निर्देशन र लगानीमा फिल्म बनाएर विगत का दिन हरूमा आफूले पाएको चर्चा र नामलाई एकाधिकार कायम गर्ने उद्देश्यले – उही जातभात र भेदभावको पुरानै शैली अपनाएर बसन्त नामको चलचित्र बनाउन थाले। यता उनी बसन्त फिल्म बनाउँदै थिए भने उता पूर्णबहादुरको सारङ्गीको टिम प्रदर्शनको तयारीमा जुड्दै थियो।

बसन्त फिल्म ,

दुवै फिल्ममा नै भूमिका निभाएका सपुत भने पूर्णबहादुरको सारङ्गी को टिमसँग भएको भद्र सहमति अनुसार बसन्त फिल्म पहिला रिलिज गर्ने र पछि पूर्णबहादुरको सारङ्गी रिलिज गर्ने सहमति उल्लङ्घन भयो भन्दै पूर्णबहादुरको सारङ्गीलाई बेवास्ता गरि प्रचारप्रसारमा महत्त्व नदिई बसन्त फिल्मको पछिपछि भाग्दै गरे।

 Basanta Movie by parkash saput

त्यही उनको स्वार्थी क्रियाकलापबाट नेपाली दर्शकले सपुतलाई धोखेबाज भनेर चिनिसकेका थिए। आफ्नो बसन्त फिल्म, पूर्णबहादुरको सारङ्गी भन्दा अगाडि रिलिज गर्न पाइन भनेर आफै खेलेको पूर्णबहादुरको सारङ्गी जस्तो सुपर डुपर फिल्मको विषयमा सुरुमा एक शब्द पनि नबोल्नु र विजय बरालको डाहा गर्नु उनको यो ओरालो यात्राको पहिलो पाइला थियो।

प्रकाश सपुतको ओरालो यात्रा :

यसरी ओरालो यात्रामा अघि बढेको उनको अर्को पाइला थियो जब उनी आफ्नो फिल्म बसन्त रिलिज हुनुभन्दा एक महिना अगाडि गणेश पाण्डेद्वारा लिखित केपी ओलीको जीवनमा आधारित केपी शर्मा ओली – सपना, संघर्ष र संकल्प नामक पुस्तकको लोकार्पण समारोहमा वक्ता भएर पुग्नु।

२०८१ भदौमा रिलिज भएको रमित ढुंगेलको फिल्म (नमेटिने घाउ)मा नेता राखेर बनाउदा फल्प भएको घटना बाट पाठ नसिकी उल्टै – फिल्मी लाइनमा नेतालाई जोड्दा कस्तो दुर्गति भोग्नुपर्छ र जनताका नजरमा नेता कति अलोकप्रिय छन् भन्ने पनि केही नबुझी प्याच्च केपी ओलीको प्रशंसा गरी बोल्नु अर्को महाभुल थियो।

प्रधानमन्त्री KP Oli र प्रकाश सपुत :


प्रधानमन्त्री लाई खुसी पारेपछि जनताको माया पाइन्छ भनेर बोलेका सपुतलाई अन्तत त्यस दिनको बोली ब्याक फायर भएर यति महँगो भयो कि – आम स्वतन्त्र दर्शकहरूले उनलाई केपी ओलीको झोले भन्ने ट्याग भिराएर उनको (बसन्त ) फिल्म बहिष्कारको अभियान नै चलाए। जसका कारण उनको सफलताको सपनामा एकैचोटि सुनामी आयो र उनको फिल्म बसन्त सुपर डुपर फ्लप हुन पुग्यो। त्यसरी हन्डर खाएपछि मात्रै सपूत आफ्नो महत्त्वकांक्षाको संसारबाट झल्यास्स ब्युझन पुगे।

KP OLI AND PARKASH SAPUT

आफूलाई राम्रो ज्ञान नभएको क्षेत्रमा एक्कासि हातहाल्नु र पब्लिकको सेन्टिमेन्ट नबुझी प्रधानमन्त्री को पक्षमा बोल्नु सपुतको महाभुल थियो। जसका कारण अहिले उनी फिल्म बनाएको पैसा तिर्न नसकेर आफू बस्दै गरेको घर बेच्ने अवस्थामा आइपुगेका छन्। सपुत जी समयले सधैंभरि एकै नासले कसैलाई पनि माया र साथ दिँदैन।

एकपटक हाम्रा दूरदर्शी कवि लेखनाथ पौडेलको नैतिक दृष्टान्त कविताको यो श्लोक सुन्नुस् त –
कसैको लोकमा छैन,
एकैनाश समुन्नति,
अरुको के कुरा हेर,
सन्ध्यामा सूर्यको गति,


हो यस्तै हुन्छ समय सधैँ कसैको खल्तीको पेवा हुँदैन। त्यत्रो राप ताप लिएर बिहान उदाएको सूर्य त साँझमा डुब्ने बेला मलिनु र धुमिल भएर सुटुक्क डुब्न पुग्छ भने सपुतजी तपाईं हामी को हौ र ? चित्त बुझाउनुस्।

अर्कातिर जीवन भनेको एक खेल हो। यहाँ हार र जित बराबर भइ नै रहन्छ र यसैबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ। तपाईं गीत संगीतमा पोख्त भएपनि फिल्मी लाइनमा पोख्त नभएको ले अहिले तपाईँले फिल्मकै कारणले बसन्त फिल्म का असली निर्माता मोहन विश्वकर्मालाई आफ्नो घर नै बेचेर ऋण तिर्नुपर्ने बाध्यता आएको हो भन्ने धेरैको ठम्याई छ।

तपाईँले त्यो दुःखले जोडेको काठमाडौँको घर बेच्न खोज्नुको अन्य कुनै कारण हो भने भगवान जानुन् नत्र फिल्म बसन्तकै कारणले हो भने तपाईँ (दुःख पाइस मङ्गले आफ्नै ढंगले) भन्ने कथनको मङ्गले पात्र हो। यसले सायद तपाईँलाई गहिरो चोट र पीडा दिएको होला।

तर सत्य के हो भने, बाँदर धेरै बाठो भयो भने खै के च्यापिएर मर्छ भनेजस्तै तपाईंको यो कु नियतिको जिम्मेवार पनि स्वयं तपाईं नै हो। दर्शक श्रोताहरू त स्वतन्त्र हुन्छन्।

pardeshi movie by parkash saput

कुनैबेला तपाईंको गीत संगीत लाई मन पराइदिन्छन् त कुनै बेला दुर्गेश थापाको गीत संगीत लाई । अब तपाईंले डाहा गरेर भयो? बरु मेरो एउटा व्यक्तिगत सल्लाह छ मान्नुहुन्छ भने आजैबाट यो रङ्गीन पर्दाको दुनियाँ छोडेर आफ्नो संगीत कर्ममा लाग्नुस्। हुन त तपाईँ सहभागी भएका अझै अरु फिल्म हरिबहादुरको जुत्ता, सोल्टिनी, माइतीघर र मिरमिरे रिलिज हुन बाँकी नै छन् क्यारे। कतै तपाईं ले बसन्त फिल्मको ऋण तिर्न काठमाडौँको घर बेच्नुपर्ने स्थिति आएजस्तै तपाईंका कारण ले माथिका फिल्म निर्माताले ऋण तिर्न किड्नी बेच्नुपर्ने स्थिति नआओस्।

तपाईं गीत गाउन जन्मनु भएको हो यसैमा अभ्यस्त रहनुस्। यदि अब पनि मन बदलेर गीत संगीत छोड्नुभयो भने तपाईंको भर्खर निस्केको गीत (नाई भनेसी नाइ) जस्तै श्रोता दर्शकले बिस्तारै तपाईंका गीतहरू सुन्न हेर्न छोड्ने दिन आउन सक्छ। तपाईँ देशको साझा मान्छे हो।

तपाईं केपी ओली ,शेरबहादुर देउवा, प्रचण्ड, राजेन्द्र लिङ्गदेन, रवि लामिछाने वा अन्य कुनै पार्टीको समर्थक वा झोले हुनुभयो भने हालत बसन्त फिल्मको जस्तै हुन्छ।

एउटा लाई रिझाउन खोज्दा अरु हजार बिच्किन्छन ।

तपाईं देशका सबैले मन पराउने र सबैलाई सुहाउने गहना बन्नुहोस् भन्ने शुभकामना सहित अनुरोध
हवस त नमस्कार ।

सुक्ष्म दृष्टि : गोविन्द नागिला।\

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *