नर्भिक अस्पतालको उदारता- कमाइका लागि कि सेवाका लागि? 

नर्भिक अस्पतालको उदारता- कमाइका लागि कि सेवाका लागि?

व्यस्त जीवनशैलीका कारण स्वास्थ्य जाँच गर्न,समय निकाल्न गाह्रो भइरहेका सेवाग्राहीका लागि,सुखद खबर आएको छ। नर्भिक इन्टरनेशनल हस्पिटलले,अब सातै दिन आफ्नो सेवा उपलब्ध गराउने भएको छ।यसअघि शनिबार आकस्मिक सेवा मात्र सञ्चालन गर्दै आएको अस्पतालले, अब ओपीडी, प्रयोगशाला परीक्षण तथा विभिन्न स्वास्थ्य जाँच सेवाहरू पनि शनिबार खुला राख्ने निर्णय गरेको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत, अजयकुमार मिश्रका अनुसार,यो व्यवस्था वैशाख १२ गतेदेखि लागू भइसकेको छ।

अब सेवाग्राहीहरूले शनिबार पनि डाक्टरसँग परामर्श लिन सक्नेछन् भने,एक्स-रे, सिटी स्क्यान, एमआरआई लगायतका इमर्र्जेन्सी सेवाहरू समेत सहज रूपमा उपलब्ध हुनेछन्। यस कदमले विशेषगरी कार्यालय समयका कारण, अन्य दिन स्वास्थ्य जाँच गर्न नपाउने, कामकाजी वर्गलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।अस्पतालले सेवा विस्तारसँगै वैशाख महिनाभरका लागि विभिन्न स्वास्थ्य सेवाहरूमा,१० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको जनाएको छ। यो पहलले समय अभावकाकारण,स्वास्थ्यलाई बेवास्ता गरिरहेका व्यक्तिहरूलाई नियमित जाँचतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ।

 

 

  • Related Posts

    बालेनलाई हामीले बनायौं — राजनीतिक श्रेयको पुरानो रोग

    बालेनलाई हामीले बनायौं — राजनीतिक श्रेयको पुरानो रोग…

    Continue reading
    सरकारद्वारा २५ अत्यावश्यक सेवामा हड्ताल निषेध (सूचीसहित)

    सरकारद्वारा २५ अत्यावश्यक सेवामा हड्ताल निषेध (सूचीसहित) ​काठमाडौँ,…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *