सुकुम्बासी लाई दाल भात पनि सरकारको, डोजर पनि सरकारको।
प्रधानमन्त्रीको सचिवालयले सुकुम्वासी वस्तीहरू डोजर लगाएर हटाउने क्रममा ‘साइट’मै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गरिने जनाएको छ । शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले, बस्ती हटाउने कार्यसँगै,तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको ,सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्थानान्तरण हुनेहरूका लागि शनिबार र आइतबार सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्ने जनाइएको छ । सुकुम्बासी
“पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न,सरसफाइ कार्य सम्पन्न भइसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।






































