आगलागी हुँदा कर्मचारीको जलेर मृत्यु।

आगलागी हुँदा कर्मचारीको जलेर मृत्यु।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा,होटलकै कामदारको जलेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ,योगेन्द्र तिमिल्सिनाका अनुसार, आगलागीमा परेर होटलमै सुतिरहेका,डडेल्धुराको आलिताल गाउँपालिका घर भएका, मिनबहादुर बोहराको मृत्यु भएको हो । शुक्रबार राति पौने १ बजेतिर,उनी सुतिरहेको कोठामा आगलागी भएपछि जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा,आगो नियन्त्रणमा लिएको थियो । प्रहरीकाअनुसार बोहराले लामखुट्टे भगाउन,बालेको अण्डाको क्रेटबाट आगलागी भएको हुनसक्ने देखिएको छ भने ,घटनाको थप अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

  • Related Posts

    सुकुम्बासीका नाइकेको काठमाडौँमै करोडौँ मूल्यको तीनतले घर।

    सुकुम्बासीका नाइकेको काठमाडौँमै करोडौँ मूल्यको तीनतले घर। नेपालकै…

    Continue reading
    सुकुम्बासी लाई दाल भात पनि सरकारको, डोजर पनि सरकारको।

    सुकुम्बासी लाई दाल भात पनि सरकारको, डोजर पनि…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *