पेट्रोलियम पदार्थ आयातबाट 9 महिनामा उठ्यो ६० अर्ब ३८ करोड राजस्व।

९ महिनामा पेट्रोलियम आयातबाट ६० अर्बभन्दा बढी राजस्व

पेट्रोलियम पदार्थ आयातबाट 9 महिनामा उठ्यो ६० अर्ब ३८ करोड राजस्व।चालु आर्थिक वर्षको प्रथम नौ महिनामा, पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो ।

वीरगञ्ज नाकाबाट खर्बौँको आयात, राज्यकोषमा ठूलो योगदान

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी,उदयसिंह विष्टका अनुसार, वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका,पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।

डिजेल, पेट्रोल र ग्यास आयातको विस्तृत विवरण

उक्त अवधिमा आठ लाख आठ हजार सात सय ४५ किलोलिटर डिजेल, तीन लाख ५९ हजार आठ सय ४६ किलोलिटर पेट्रोल र २२ करोड ४८ लाख ७५ हजार दुई सय ६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।

  • Related Posts

    डिउटीमा लापरबाही हुदा कैदिको मृत्यु भए पछि, सात जना नेपाल प्रहरीलाई जन्मकैद

    असार ०३, काठमाडाैं कारागारभित्रै कैदीको मृत्यु भएपपछि अदालतले…

    Continue reading
    खुट्टा भाच्ने मन्त्री चाहिदैन भन्दै निर्माण व्यबसायी पुगे सिहदरबार

    असार ०३, काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *