चितवन जिल्लाको स्वास्थ्य सेवा सुधार्न सिडिओको निर्देशन।

स्वास्थ्यकर्मीलाई बिरामीप्रति संवेदनशील बन्न निर्देशन

दर्शकबृन्द
चितवनका प्रमुख जिल्ला अधिकारिले एक बैठकमा बोल्दै त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीप्रति संवेदनशील व्यवहार अपनाउन र अस्पतालको नियम–विधिभित्र रहेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

अनियमितता र लापरबाहीबारे गम्भीर ध्यानाकर्षण

उनले एम्बुलेन्समा कमिसन लिने, डायलासिस सेवा दर्ता नगरी सञ्चालन गर्ने, अस्पतालजन्य फोहोर व्यवस्थापनमा लापरबाही हुने जस्ता गम्भीर समस्या रहेको समेत औंल्याए।

सिडिओको कडा चेतावनी

सिडिओ अर्यालले कडा शब्दमा भने, “बिरामीको मृत्यु हुँदा आँसु झार्नु मात्रै संवेदनशीलता होइन, चिकित्सक व्यवहारमै संवेदनशील हुनुपर्छ।”

अस्पताल सेवामा देखिएका समस्या

उनका अनुसार अस्पतालहरूमा बीमा र नगद बिरामीबीच फरक व्यवहार हुने, अनावश्यक परीक्षण गरिने, विपन्न तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधा नपाउने, तथा सरकारी अस्पतालमा टोकन र जनशक्ति व्यवस्थापन कमजोर रहेको पाइएको बताए ।

स्वास्थ्य संस्थाका प्रतिनिधिको धारणा

उक्त कार्यक्रममा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत संस्थाका प्रमुखहरूले आफ्ना समस्या, उपलब्धि र सुधारका योजना प्रस्तुत गरेका थिए। निजी अस्पताल सञ्चालकहरूले भने राज्यबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका थिए।

  • Related Posts

    विश्वकप सुरु भएसँगै अनलाइन बेटिङ नगर्न प्रहरीको आग्रह, हालसम्म २० हजारभन्दा बढी साइट बन्द

    फिफा विश्वकप सुरु भएसँगै नेपाल प्रहरीले सर्वसाधारणलाई अनलाइन…

    Continue reading
    कैलालीमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो भाइरल भएपछि चर्कियो आलोचना

    कैलालीको गोदावरी नगरपालिकामा वन कार्यालयका कर्मचारीहरूले सडक छेउमा…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *