सुकुम्बासीका नाइकेको काठमाडौँमै करोडौँ मूल्यको तीनतले घर।
नेपालकै कान्छा मध्यका एक बालेन्द्र शाह,प्रधानमन्त्रीको कुर्चीमा बसेको एक महिना नबित्दै, उनको कामको चर्चा संसारभर फैलिन थालेको छ।
देशको आन्तरिक शुद्धाशुद्धिमा लागेका बालेनले,काठमाडौँ उपत्यकाका मनोहरा , बागमती, विष्णुमती आदि खोला किनारामा रहेका, सरकारी जग्गा हडपेर सुकुम्बासी हुँ भन्दै बसेका,हुकुमबासीहरूलाई
आज शनिबारबाट हटाउन थालेको छ। यसरी सुकुम्बासी खाली गर्ने बालेनको कदम रोक्न, सुकुम्बासीको तर्फबाट सङ्घर्ष समिति मोर्चाका, कार्यवाहक अध्यक्ष रहेका नारायण परियार सुकुम्बासी नभई,करोडपति
हुकुमबासी भएको खुल्न आएको छ।
प्राप्त विवरण अनुसार उनकी श्रीमती शुभमाया कपालीको नाउँमा ,काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ शान्तिनगरको जागृति टोलमा करोडौं मूल्य पर्ने तीनतले घर रहेको तथ्य फेला परेको छ। यसरी हुकुमबासीले म सुकुम्बासी हुँ भनि सरकारी सम्पत्ति लुकाउने प्रवृत्तिले गर्दा, खास सुकुम्बासीहरु मर्कामा परेको यसका जानकारहरु बताउँछन




































