ट्रम्पको ‘नरक’ टिप्पणीमा चीनको कडा प्रतिक्रिया

ट्रम्पको ‘नरक’ टिप्पणीमा चीनको कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘नरक जस्तो’ ठाउँ भनेर गरेको टिप्पणीमा चीनले कडा जवाफ फर्काएको छ । भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यू जिनले एक्स ट्वीटरमा ट्रम्पको ‘पृथ्वीमा नरक जस्तो ठाउँ’ सम्बन्धी पोस्ट शेयर गरिएको विषयलाई लिएर टिप्पणी गरेकी छन् । उनले चीन र अमेरिकासम्बन्धी भिडियोहरू शेयर गर्दै दुवै देशको तुलना गरेकी हुन् ।

चीनले विकास र युद्ध खर्चको तुलना गर्‍यो

उनले एक्समा लेखेकी छन्, ‘एउटा देश अनन्त युद्धहरूमा प्रत्येक वर्ष एक ट्रिलियन खर्च गर्छ । जबकी हामी आफ्ना जनताका लागि राम्रो जीवन निर्माण गर्न एक ट्रिलियन खर्च गर्छौं । यदि यस जीवनलाई ‘नरक’ भनिन्छ भने हामी यसलाई सधैं सहन तयार छौं ।’

भिडियोमार्फत अमेरिका–चीन तुलना

यससँगै यू जिनले एउटा भिडियो पनि शेयर गरेकी छन्, जसमा न्यूयोर्कको मेट्रो ट्रयाकमा फोहोर देखिन्छ । त्यसको तुलनामा चीनको सियान शहरको भिडियो देखाइएको छ, जहाँ आधुनिक र चम्किलो पूर्वाधार देखिन्छ ।

ट्रम्पको पोस्टपछि भारतमा पनि प्रतिक्रिया

वास्तवमा, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनअघि माइकल स्याभेजको एक बयान शेयर गरेका थिए । उक्त बयानमा लेखिएको थियो, ‘यहाँ एउटा बच्चा तुरुन्तै नागरिक बन्छ र त्यसपछि उनीहरूले पूरा परिवारलाई चीन, भारत वा संसारको कुनै पनि नरकबाट यहाँ अमेरिका ल्याउँछन् । यो हेर्न धेरै टाढा जानु पर्दैन । यहाँ अब अंग्रेजी बोलिँदैन ।’ट्रम्पको यस पोस्टपछि भारतका विपक्षी दलहरूले कडा प्रतिक्रिया जनाएका थिए । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाललाई यसबारे पत्रकारहरूले प्रश्न गर्दा उनले केवल यति मात्र भने, ‘हामीले यस्ता रिपोर्टहरू देखेका छौं ।’ पछि भारत सरकारले पनि यस विषयमा कडा अडान लिएको थियो ।

  • Related Posts

    विश्वकप सुरु भएसँगै अनलाइन बेटिङ नगर्न प्रहरीको आग्रह, हालसम्म २० हजारभन्दा बढी साइट बन्द

    फिफा विश्वकप सुरु भएसँगै नेपाल प्रहरीले सर्वसाधारणलाई अनलाइन…

    Continue reading
    कैलालीमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो भाइरल भएपछि चर्कियो आलोचना

    कैलालीको गोदावरी नगरपालिकामा वन कार्यालयका कर्मचारीहरूले सडक छेउमा…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *